बुधबार, माघ २३, २०८१
English
Follow us:

सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा पेश

सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा पेश

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ १०, २०७९

  • 7
    SHARES

सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ ।

सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरीरहेकी छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई संसद् भवनमा सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए ।

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिलगायतको लक्ष्य लिइएको छ ।

सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology