आजदेखि हट्यो निर्वाचन आचारसंहिता

काठमाडौं । निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै गत वर्ष चैत २५ गतेदेखि लागू भएको आचारसंहिता जेठ १० गतेदेखि लागू नहुने जनाएको हो ।

निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न नसकियोस भन्नका लागि आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।

आगामी पाँच वर्षका लागि वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचनबाट देशभरका ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम यतिबेला जारी छ । अब केही स्थानीय तहको मात्र निर्वाचन परिणाम आउन बाँकी छ।

You might also like
Comments
Loading...