बागलुङको कालभैरव मन्दिर संरक्षणमा चुनौती
काठमाडौं । बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा दर्शनार्थीको भीड लागेको थियो । भैरवस्थान मन्दिर वरपर दर्शनार्थी चढेका सवारीसाधनको थेगिनसक्नु चाप थियो ।
पछिल्लो समय भैरवस्थानमा दर्शनार्थीको आकर्षण यसरी नै बढ्दै गएको छ । सडकको सहज पहुँच र एक घण्टामै जिल्ला सदरमुकामबाट पुग्न सकिने भएकाले धार्मिक पर्यटकको आकर्षण भैरवस्थान मन्दिर बन्दै आएको छ ।
अहिले भैरवस्थान पुग्ने सडकको सुधार भएसँगै ट्याक्सीसमेत पुग्न थालेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग समेत सिमाना जोडिएको छ ।
तर कालभैरव मन्दिरको संरक्षणका लागि सरोकारवालाको भने ध्यान पुग्न सकेको छैन । कालभैरव व्यवस्थापन समिति ६ वर्षदेखि पदाधिकारीविहीन हुँदा कालभैरव मन्दिर टुहुरोजस्तै बनेको स्थानीयवासीको भनाइ छ ।
धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण क्षेत्रका रूपमा रहेको कालभैरव मन्दिर अहिले जीर्ण अवस्थामा छ ।कालभैरव मन्दिरको प्रचार-प्रसारका कारण टाढा-टाढाबाट दर्शनार्थी आउने भए पनि उनीहरूलाई खानेपानी, आश्रयस्थललगायतको अभाव छ ।
मन्दिरको महत्व धेरै भए पनि संरक्षणमा कसैले चासो नदिँदा मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । मन्दिर व्यवस्थापन समिति गठनलाई राजनीतिकरण गर्दा ६ वर्षदेखि पदाधिकारीविहीन बनेका कारण मन्दिरले सात वर्षअघि सारेको गुरुयोजनासमेत अलपत्र छ ।
बागलुङ नगरपालिका, अमालाचौर वडा कार्यालय र गण्डकी प्रदेशको साझेदारीमा मन्दिर वरपरको क्षेत्रमा केही सुधार भने भएको छ । तर मुख्य मन्दिरको पुनःनिर्माणमा कसैले चासो देखाएको पाइएको छैन ।
मन्दिरमा उठेको भेटीलगायत रकमको हिसाबकिताब समेत छैन । मन्दिर व्यवस्थापन समितिका नाममा रहेको खाता ६ वर्षदेखि रोक्का छ ।
यो पाँच वर्षमा मात्रै बागलुङ नगरपालिका, अमलाचौर वडा कार्यालय र गण्डकी प्रदेशको झण्डै रु ४५ लाख मन्दिर व्यवस्थापनका लागि भौतिक पूर्वाधारमा खर्च भए पनि मन्दिर व्यवस्थापन समिति गठन गर्न नसक्दा मन्दिर सोचेजस्तो पुनःनिर्माण गर्न नसकिएको बागलुङ नगरपालिका-१२ का निर्वतमान वडाध्यक्ष गुरुदत्त पाठकले बताए ।
“मन्दिरको महत्व बढेर गयो, सरोकारवालामा घट्दै गएको महसुस गरेर समिति गठन गर्न मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय धाउँदाधाउँदै पाँच वर्ष बित्यो, अहिले नयाँ वडाध्यक्ष आउनुभएको छ”, उनले भने ।
मुख्य मन्दिर पुनःनिर्माण गर्न नसकिए पनि पाँच वर्षमा त्यहाँ पुग्ने सडक सुधार, मन्दिर छेउछाउको जग्गा व्यवस्थापन, सत्तल निर्माण र खानेपानीको मर्मतसम्भार गरिएको छ ।
मन्दिरमा सङ्कलन भएको भेटीलगायतको आर्थिक हिसाब-किताबसमेत व्यवस्थापन नहुँदा सार्वजनिक नभएको तर ठेक्कामार्फत सङ्कलन भएको रकम मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा भए पनि उक्त खाता रोक्का भएको छ ।
समिति गठनमा बागलुङ नगरपालिकाले चासो नदिँदा मन्दिर पुनःनिर्माण गुरुयोजना ल्याए पनि अलपत्र परेको कालभैरव मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर थापाले बताए ।
उनले मन्दिर संरक्षणका लागि आएको बजेटमा समेत व्यवस्थापन समितलाई खबरै नगरी कार्यान्वयनमा ल्याइएको बताए । मन्दिर पुनःनिर्माणका लागि काठको व्यवस्थापन भइसकेको छ ।
बागलुङ बजारबाट कालभैरव मन्दिर आउनका लागि आधिकांश बाटो कालोपत्र भइसकेको छ भने चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।
बागलुङ नगरपालिका-१२ का नवनिर्वाचित वडाध्यक्ष कोपिलामणि शर्माले दर्शनार्थीको चाप बढिरहेको मन्दिरमा व्यवस्थापन भने डामाडोल रहेको स्वीकार गरे । उनले आफूले समिति गठनका लागि आवश्यक पहल गर्ने बताए ।
“नयाँ समिति गठन गरी खाता सञ्चालन गर्ने, गुरुयोजनाअनुसार मन्दिर पुनःनिर्माण गर्ने र हालसम्म व्यवस्थापन समितिको खातामा रहेको रकम सार्वजनिक गरिनेछ”, उनले भने ।
विसं १७८० तिर पाल्पाबाट ल्याइएको कालभैरवलाई यहाँ स्थापना गरिएको विश्वास गरिएको छ । मन्दिरमा प्रत्येक हप्ता मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




