रास्वपामा प्रवेश गरे नाउपाका नेता
काठमाडौं। सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख)मा विजयी भएका चौधरी सोमबार रास्वपामा प्रवेश गर्नुभएको छ।
नाउपाका पूर्वनेतृत्वहरू, थरुहट–थारुवान अभियान्ताहरू र रास्वपाबीच आज भएको समायोजनसभामा चौधरी पनि सहभागी छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएका चौधरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि बनिसक्नुभयो।
यस्तै, तत्कालीन नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित पनि रास्वपा प्रवेश गर्नुभयो। सोही पार्टी नेताहरू राजेश अधिकारी, कोमल ज्ञवाली, ठाकुरसिंह थारु, थरुहट नेता लक्ष्मण थारु, तुलसी चौधरी, सुरेन्द्र चौधरी पनि रास्वपामा प्रवेश गर्नुभयो।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता गर्नुभयो। पार्टीभित्र कुनै सल्लाह नगरी एकता गरेको भन्दै सुदूरपश्चिमका नेताहरू असन्तुष्ट हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशसभामा मात्रै नाउपाका सात जना सांसद हुनुहुन्छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि
म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...




