‘नीति तथा कार्यक्रम शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने गरी ल्याइएको छ’
काठमाडौं । राष्ट्रिय सभाका सदस्यले सरकारले नीति तथा कार्यक्रम मुलुकको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने गरी ल्याइएको टिप्पणी गर्दै कार्यान्वयनमा जोड दिए ।
राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बाँकी रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै नीति तथा कार्यक्रमको समर्थन गरे ।
उनले भने, “बजेट धेरै सकारात्मक ढङ्गबाट ल्याइएको छ, कृषि, उत्पादन, रोजगारी शिक्षा, स्वास्थ्यलाई समावेश गरेको छ, उत्पादन बढाउने, आयात घटाउने निर्यात बढाउने उद्देश्यले बजेट ल्याएको छ, जुन अत्यन्त सकारात्मक छ ।”
सांसद खिमलाल भट्टराईले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन नसकेको भन्दै बजेटमा समावेश शान्तिपूर्ण र धाँधलीरहित शब्द हटाउनुपर्ने माग गरे ।
उनले नीति तथा कार्यक्रमका धेरै विषयमा अन्योलता रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रमले समाजवादको आधार निर्माण तय गर्न नसकेको टिप्पणी गरे ।
उनले भने, “सुकुम्बासीलाई लालपूर्जा दिने विषय किन दुई वर्ष कुर्नुपर्ने, पहिलाको सरकारले सबै काम गरिसकेको छ, अब सरासर लालपूर्जा दिए भइहाल्यो त, देशको सिमानाका बारेमा नीति तथा कार्यक्रम किन बोल्न सकेको छैन रु, निजगढ विमानस्थल निर्माण गर्ने विषयमा सरकार किन भागिरहेको छ ।”
सांसद जितेन्द्रनारायण देवले उत्पादन र कृषिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै नेपालको अर्थव्यवस्थालाई आफ्नो खुट्टामा उभ्याउने गरी, ऊर्जा, उद्योग, पर्यटन, रोजगारीलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको टिप्पणी गरे ।
राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएको थियो ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




