अपेन ललितपुर शाखाको अध्यक्षमा मुना श्रेष्ठ निर्वाचित
ललितपुर । एसोसिएसन अफ प्रि-स्कुल एडुकेटर्स नेपाल (अपेन) ललितपुर महानगरपालिका शाखाको अध्यक्षमा मुना श्रेष्ठ निर्वाचित भएकी छन् ।
हालै सम्पन्न दोस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ किड्जी प्रि-स्कुल सानेपाकी प्रिन्सिपल हुन् । अपेन ललितपुर महानगरपालिकाको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्णप्रति श्रेष्ठले आभार व्यक्त गरेकी छन् । प्रि-स्कुलहरुको हकहितका क्षेत्रमा आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।
त्यस्तै, समितिको उपाध्यक्षमा शिवा लम्साल, सचिवमा इन्दिरा केसी, कोषाध्यक्षमा लिला लिम्बू चयन भएका छन् ।त्यसैगरी अपेन गोदावरी नगरपालिकाको संयोजकमा पविन थापा चयन भएका छन् ।
सदस्यमा बाबुराम महर्जन, देविका नेपाली, हेमा महर्जन र ऋतु महर्जन छन् । वाग्मती प्रदेश अध्यक्ष एव अपेनका केन्द्रीय सदस्य कृष्ण बोहोराको आतिथ्यतामा कार्यक्रम भएको हो ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




