संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाऔँ : अमिक शेरचन
काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गणतान्त्रिक संविधानको स्वीकार्यतालाई अझै फराकिलो र विश्वसनीय बनाउन स्वरोजगारको व्यावहारिक सुनिश्चितता गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुनसक्ने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले लाखौँ बेरोजगार, एकछाक खान मुस्किल भएका अति विपन्न श्रमिक वर्गलाई स्वरोजगारको व्यावहारिक सुनिश्चित गर्न सकिए मात्र संविधानको सही कार्यान्वयन हुने उल्लेख गरे ।
शुभकामना सन्देशमा भनिएको छ “ राष्ट्रिय एकताको बलमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय औद्योगिक विकास अनिवार्य सर्त छ र विकल्प रहितप्रणको आवश्यकता छ आजको दिनले हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्मलाई आत्मसात् गर्दै समावेशी र समानुपातिक तीन तहको शासन व्यवस्थाको माध्यमबाट भ्रष्ट्राचाररहित, बेरोजगाररहित समृद्ध उन्नत सुशासन र दीगो शान्तिको देश बनाउन सकौँ मेरो शुभकामना छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




