जेनजी आन्दोलनको भावनाको ठूला दलले अपमान गरे , राप्रपाले सम्मान गर्छ :- बर्तौला
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम बर्तौलाले जेनजी आन्दोलनको भावनाको ठुला भन्न रुचाउने दलहरुले अपमान गरेको बताउनुभएको छ ।
जेनजीहरू यथास्थिति खोजेका नभई परिबर्तन खोजेको भन्दै बर्तौलाले ठुला दलहरु परिवर्तनले पक्षमा नभएको स्पष्ट पार्नुभयो। आज तत्कालीन राप्रपा नेपाल मकवानपुरको अन्तिम बैठकलाई हेटौंडामा सम्बोधन गर्दै बर्तौलाले भ्रष्टतन्त्र र भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि राप्रपा मात्र अन्तिम बिकल्प भएको दाबी गर्नुभयो।
जेनजी आन्दोलनको भावानाको सम्मान गर्ने शक्ति राप्रपा मात्र भएको उहाँको जिकिर थियो । पछिल्लो गतिविधि हेर्दा ठुला भन्ने दलहरुले जेनजी आन्दोलनको भावना माथि कुठाराघात गरेको भन्दै उनले यथास्थिति बाट अघि बढ्न खोज्नु दुर्घटना निम्त्याउनु भएको समेत स्पष्ट पार्नुुभयो।
गणतन्त्र , धर्मनिरपेक्षता र संघीयता बोक्नेहरुले जेनजी आन्दोलनको मर्म बुझ्न नसक्ने समेत उहाँको दाबी थियो । राप्रपा र राप्रपा नेपाल मुलुकमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक भएकोले कार्यकर्ताको भावना अनुसार एक भएको समेत बताउनुभयो।
गुरु प्रसाद सापकोटाको अध्यक्षतामा भएको बैठकले पार्टीलाई निर्बाचन केन्द्रित बनाउन योजनाबद्ध रुपले अघि बढाउने निर्णय गरेको भ्रुगु कार्किले जानकारी दिनुभयो।
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको...
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४...




