निमास एजुकेशनको वार्षिकोत्सवको अवसरमा विशेष छुट
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको निमास एजुकेशन प्रा.लि. १३ वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको कम्पनीले वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी तथा शुभेच्छुक सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।
प्रालिका निर्देशक सरोज थापाको निधनका कारण यस वर्ष वार्षिकोत्सवको अवसरमा प्रालिले औपचारिक कार्यक्रम भने गरेको छैन । वार्षिकोत्सवलाई मध्यनजर गर्दै छुट अफर भने सार्वजनिक गरिएको छ । वार्षिकोत्सवको अवसरमा पिटिई तथा आईएलटिएसको कक्षामा ५० प्रतिशत छुट प्रदान हुने कम्पनीले जनाएको छ । विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्कमा पनि विशेष छुट प्रदान हुनेछ । प्रालिका निर्देशक थापाको निधन भएको वार्षिक पूण्यतिथिको दिन आगामी जेठ ७ गतेसम्म यो अफर जारी रहने प्रालिले जनाएको छ ।
कम्पनीले अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, युरोप, फिलिपिन्स, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले जानकारी दिइन् । ‘परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छौं,’ उनले भनिन् ।

निमास एजुकेशन आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको छ । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था हो ।
‘विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुमा विद्यार्थी पठाउन सफल छौं,’ रिजालले भनिन् । कम्पनीका प्रवन्ध निर्देशक गीता रिजाल फेकनको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । शिक्षा मन्त्रालयको समन्वय समितिका सदस्य भएर पनि उनले काम गरिरहेकी छन् । उनी पायर, टिआइटिआइ र न्युजिल्याण्डबाट सर्टिफाइड काउन्सिलरसमेत हुन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




