मुख्य समाचार

कांग्रेसको विशेष महाधिवेशन घोषणा गर्दै गगन-विश्व

काठमाडौं। केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गर्नुभएको छ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्न लागेका हुन्। पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटक पटक कुराकानी भए पछि कुनै निकास ननिस्किएपछि विशेष महाधिवेशन आह्वान गर्न लागेको केन्द्रीय सदस्य अजयवाबु सिवाकोटीले जानकारी दिनुभयो।

महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने बताउनुभएको थियो। आज बिहान ९ बजे बस्ने कार्यसम्पादन समितिको बैठकपछि यो घोषणा हुनसक्ने सिवाकोटीको भनाइ छ। पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागिएको हो।

कार्यसम्पादन समितिले भने आगामी बैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरी विशेष महाधिवेशनको औचित्य नरहेको सर्कुलर वडा कमिटीसम्म गरिएको छ। संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा लाग्दा महामन्त्रीद्वयको यो कदमले पार्टीको विवाद नयाँ चरणमा प्रवेश गर्ने भएको छ।

महामन्त्री पक्षले महाधिवेशनको तयारी तीव्र पारेको छ। हिजो नै आवश्यक पर्ने विभिन्न १८ वटा समिति गठन गरिएको छ। महाधिवेशन कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्डपस्थित हल एक सात आघि नै बुक भइसकेको छ। तर, विशेष महाधिवेशनको पक्षमा खुलेका केही नेताहरुले हस्ताक्षर फिर्ता गरेपछि यो पक्ष दबाबमा छ।

बहुमत प्रतिनिधि उपस्थित गराएर नेतृत्व परिवर्तन गराउने प्रयासमा रहेको थापा पक्ष बहुमत नपुगे भेलाका रूपमा सीमित पार्ने तयारीमा छ।

सम्बन्धित समाचार

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु

लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको...

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४...