लिङ्देन र देउवाबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न लिङ्देन उनको निवास पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठलाई साथमै लिएर पुग्नुभएको हो।
लिङ्देन दिउँसो अपराह्न ४ बजे देउवा निवास महाराजगञ्ज पुग्नुभएको छ । उहाँहरूबीच आधा घण्टा छलफल भएको राप्रपाको प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले जानकारी दिनुभयो।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भयो,’ उहाँ भन्नुभयो, ‘पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुग्नुभएको हो ।’ राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।
उहाँहरूबीच आसन्न प्रतिनिधि सभा र पछिल्लो राजनीतिक गतिविधिबारे छलफल भएको श्रेष्ठको भनाइ छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...
फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...
काठमाडौँमा बिहानैदेखि वर्षा
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




