मिथिलानी बर्साइत पर्व मनाइँदै
काठमाडौं । विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् ।
जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी) ले यस पर्व मनाउने गर्दछन् । छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ ।
अघि सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा पर्व मनाउने मैथिल परम्परा छ ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत संकल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर यस पर्व मनाउँछन् ।
बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।बितेका लगातारका दुई वर्ष कोभिड-१९ महाव्याधिले मन फुकाएर रमाइलो गर्दै पर्व मनाउन नपाएका मिथिलानी यसपालि भने आपसी भेटघाट, कुराकानी गर्दै सामूहिकरुपमा व्रतको तयारीमा छन् ।
सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ ।
वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको संकल्प पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको पर्वको तयारीमा रहनुभएकी महोत्तरीको भङ्गाहा नगरपालिका-४ रामनगरकी श्यामा कुशवाहा बताउँछन् ।
नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यस व्रत परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरको छ ।
मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका विवाहित सधवा महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका देखिँदो छ ।
मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास-२ का महेशकुमार झा बताउछन् । वट-सावित्री अब पर्वते मूलका विवाहित महिलाले पनि बाक्लै मनाइ रहेका छन् ।
विवाहित महिलाले मनाउने यस पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ) का उपप्राध्यापक ध्रुव राय बताउँछन् ।
आजै हिन्दू वैदिक परम्परा मान्नेहरुले सोमबारे औँसी पर्व पनि मनाएका छन् । हिन्दू परम्परामा औँसी तिथि सोमबार पर्दा धार्मिक÷पौराणिक महत्वका नदी, तलाउ तथा सरोवरमा एकाबिहानै पवित्र स्नान गर्ने चलन छ ।
सोमबार औँसी परेको दिन बिहान नबोली तीर्थस्नान गर्नाले जीवनमा जानअन्जानमा भएका पाप पखालिएर मन पवित्र हुने विश्वास गरिन्छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




