मुख्य समाचार

शव शङ्कास्पद अवस्थामा महिलाको शव फेला

मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।

मध्यविन्दु –११ बाहुन्नेकुनास्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिँचाइको नहरमा बुधवार महिलाको शव फेला परेको हो । शरीरमा चोटपटक देखिएको अवस्थामा मध्यविन्दु –१० निवासी ३५ वर्षीया रिता मुसहरको शव फेला परेको हो ।

शवको शरीरमा चोटपटक देखिएको हुनाले हत्या भएको आशङ्का जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ‘घटना शङ्कास्पद छ, शरीरका विभिन्न भागमा चोटपटक देखिएको हुनाले हत्या भएको हुनसक्ने आशङ्का छ हामीले अनुसन्धान अगाडि बढाएका छौँ’ खड्काले भन्नुभयो ।

बोराभित्र राखेर नहरमा फालेको अवस्थामा शव फेला परेको हो । बोराभित्र खुट्टा मात्र देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरीक्षक खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

सम्बन्धित समाचार

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...