प्रमुख खवर

उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सिरहाको मिर्चैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रोपाउवरको लागि सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२५७ नं को ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरेमा आज बिहान सडकबाट अनियन्त्रित भई सय मिटर तल खस्दा घट्नास्थलमै चारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको सिमरा नगरपालिका-१ का ट्रकचालक ३५ बर्षिय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खड्का, बारा सिमराकै १७ वर्षीय अनोज लामा र अर्का ३७ वर्षीय राजन तामाङको मृत्यु भएको कार्यलयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

घट्नालगत्तै पुगेको इलाका प्रहरी कार्यलय कटारीको टोलीले मृतकको शव संकलन गरी परीक्षणको लागि कटारी अस्पताल लगेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...