बुधबार, माघ २३, २०८१
English
Follow us:

ह्युस्टन एजुकेसन पोखरामा ‘स्टडी इन अष्ट्रेलिया एडमिसन डे’ हुँदै

ह्युस्टन एजुकेसन पोखरामा ‘स्टडी इन अष्ट्रेलिया एडमिसन डे’ हुँदै

  • खबर सेवा

  • मङ्लबार, चैत्र १५, २०७८

  • 17
    SHARES
पोखरा । ह्युस्टन एजुकेसन पोखराको आयोजनामा ‘स्टडी इन अष्ट्रेलिया एडमिसन डे’ हुने भएको छ । ह्युस्टनको कार्यालय बिपीचोक चिप्लेढुंगामा अप्रिल ३ (चैत २०) आइतबार कार्यक्रम हुने प्रवन्ध निर्देशक पवित्रा थापाले जानकारी दिइन् । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी एडमिसन डे आयोजना गरिएको हो ।

इन्फरमेसन सेसनमा एजु ग्रुपका मार्केटिङ एण्ड एडमिसन अफिसर तारा गुरुङ र धिरज श्रेष्ठ उपस्थिति हुनेछन् ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि कार्यक्रमा प्रभावकारी हुने थापाले बताइन् । अष्ट्रेलियाको परिवर्तित शिक्षा नीति लगायतका विषयमा विस्तृत जानकारी लिनका लागि कार्यक्रम उपयोगी हुने थापाले बताइन् ।
‘विद्यार्थीलाई उच्च शिक्षाका लागि कुनैपनि देश पठाउनुअघि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई राम्रोसँग अन्तर्राष्ट्रिय शिक्षा, लाग्ने खर्च, जाने प्रक्रिया, अध्ययनपछि पाइने अवसर लगायतबारे ह्युस्टन एजुकेसनमा विद्यार्थीलाई परामर्श दिन्छौं,’ दिइरहेका छौं,’ उनले भनिन् ।

ह्युस्टन एजुकेसनमा आइइएलटिस÷पीटिईको कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology