मुख्य समाचार

निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा

काठमाडौँ। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री सिन्हाले नेपाल र युरोपेली संघ (ईयू) बीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबीचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उहाँको तर्क थियो । सिन्हाले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री सिन्हाले भन्नुभयो, ‘नेपालको आर्थिक भविष्यका लागि महत्वपूर्ण विषयहरूमा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवाद गराउने यो पहल प्रशंसनीय छ । यो मञ्चले नेपाल र युरोपेली संघबीच अनादिकालदेखि रहिआएको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्नेछ । हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकासको बाटो रोज्नुपर्छ, जसले नेपाललाई समृद्ध बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सहयोग पु¥याउनेछ ।’

कार्यक्रमले नेपाल र युरोपेली संघबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन र वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधारका बारेमा ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...