मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित निबन्ध प्रतियोगिता सम्पन्न

प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता

काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित निबन्ध प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा २३ वटा विद्यालयको प्रतिनिधित्व रह्यो भने ५९ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका छन् ।

कलेजले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । ‘आवश्यकता नै आविस्कारको जननी हो’ र ‘भर्चुअल कक्षा र यसको सिकाइमा प्रभावकारिता’ शीर्षकमा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको नतिजा मंगलबार सार्वजनिक हुनेछ । बुधबार पुरस्कार वितरण हुने कलेजले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यार्थीलाई क्रमशः १० हजार, ७ हजार ५ हजार र २ हजार रुपैयाँ नगदका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

‘विद्यार्थीमा अन्तर्निहित क्षमताकोे प्रस्फुटन गराउने र औपचारिक शिक्षा बाहेक बाह्य ज्ञानसमेत बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भने, ‘मनास्लु वल्र्ड कलेजले समय सम

 

You might also like
Comments
Loading...