मुख्य समाचार

विशेष महाधिवेशनका उपस्थित नहुन कांग्रेसको अपिल, गगनको फरक मत

काठमाडौं। नेपाली कांग्रेसले विशेष महाधिवेशनमा उपस्थिति नहुन अपिल गर्दै कार्यसम्पादन समितिले निर्णय गरेको छ।

आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको बतााएको हो।

बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेता साउदले भन्नुभयो, `पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था छैन । त्यसकारण देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको छ ।’

बैठकमा विभिन्न विचार आएको भन्दै नेता साउदले थप्नुभयो, `विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुरोध गर्ने अपिल गर्ने निर्णय गरेको छ ।’ कांग्रेस महामन्त्री थापाले भने सोही निर्णयमा फरक मत राख्नुभएको छ।

थापा पक्षले आगामी पुस २७ बाट विशेष महाधिवेशन तोकेको छ। नेता र नेतृत्व परिवर्तनका लागि भन्दै थापा पक्षले सबै प्रतिनिधिलाई काठमाडौं बोलाएको छ।

 

सम्बन्धित समाचार

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...