छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको हो । अन्य पुस्तक धमाधम वितरण भइरहेको उनले जानकारी दिए ।
चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ । गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक वितरण गरिएको थियो । यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ ।
अझै १५ हजार सेट पुस्तक माग भएको उनले बताए । थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग माग भएको बताउँदै उनले यही महिनाभित्र पुस्तक विद्यार्थीको हातहातमा पुग्ने बताए ।
यहाँबाट वितरण हुने जिल्लामा १६५ वटा पुस्तक पसल दर्ता भएर पुस्तक बिक्रीवितरण गर्न लगेका छन् । टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उनको भनाइ छ । जिल्लामा मात्रै ८९ वटा पुस्तक पसल दर्तामा रहेको छन् । जिल्लामा ३२५ सामुदायिक विद्यालय रहेका छन् ।
ती विद्यालयमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तकको अभाव हुन नदिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताए । यस जिल्लालाई उच्च प्रथामिकतामा राखेर थप पुस्तक पठाउन लिखितरुपमै अनुरोध गरिएको उनले जानकारी दिए । ।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




