एमालेले भन्यो : जेनजी बिद्रोहपछि नेतृत्वमाथि प्रहार भइरहेको छ, चुनावमा जानू बाध्यता
काठमाडौं । नेकपा (एमाले) ले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आफ्ना नेता-कार्यकर्ताहरूलाई आन्दोलन र निर्वाचन दुवै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएको छ।
अध्यक्ष केपी ओलीद्वारा जारी आन्तरिक सर्कुलर (अपानी) मार्फत एमालेले भदौ २३ र २४ गतेका घटनापछि पार्टी र नेतृत्वमाथि चौतर्फी प्रहार र घेराबन्दी भएको र ती चुनौतीहरूलाई चिर्दै अघि बढ्ने संकल्प गरेको छ।
एमालेले आफ्नो पहलकदमीकै कारण मुलुकमा लोकतान्त्रिक परिवेश फराकिलो बन्दै गएको दाबी गरेको छ । प्रमुख दलका शीर्ष नेताहरूको अनुहार नै हेर्न नचाहने प्रधानमन्त्रीलाई समेत औपचारिक छलफलमा बस्न बाध्य पारिएको अपानीमा उल्लेख छ ।
अध्यक्षमाथि प्रतिशोधपूर्ण हत्याका अभियोग लाउने षडयन्त्रबाट सरकार पछि हट्न बाध्य भएको अपानीमा उल्लेख छ । लोकतान्त्रिक शक्तिहरू सक्रिय हुन थालेपछि भदाै २३-२४ का विध्वंस पक्षधर एक ठाउँमा उभिन बाध्य भएको एमालेको विश्लेषण छ ।
चुनावबाट भदौ २३ र २४ गतेको विध्वंसलाई वैधानिकता दिने योजना कमजोर बन्दै गएको एमालेकाे दाबी छ । तर, चुनावमा आफू अनुकूल परिणाम नआउने देखेपछि विरोधी शक्तिहरूले निर्वाचन नै बिथोल्न सक्ने वा नयाँ शिराबाट परिस्थिति भड्काउन सक्ने खतरा अझै रहेकाे आशंका गरिएकाे छ ।
एमालेले प्रतिगमनलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना नै सबैभन्दा उपयुक्त र सुरक्षित बाटो भएको दोहोर्याएको छ।
‘तर, चुनाव भएको अवस्थामा चुनावबाट अलग्गिने कुरा उपयुक्त हुँदैन’, अपानीमा भनिएको छ, ‘यस्तो अवस्थामा आन्दोलन वा चुनाव जुन दिशातिर जानुपरे पनि पार्टी पंक्ति तयार रहनुपर्छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




