प्रमुख खवर

अशोक सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त

काठमाडौं । पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ) ले सल्लाहकारमा नियुक्त गरेको छ ।

पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा पहिलो पत्रकारका रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

टुर-ट्रेकिङ गाइडिङमा पनि संलग्न उनी पदयात्रा प्रशिक्षकसमेत छन् ।लाङटाङ सद्भावना दूत सिलवालका ‘कलम’, ’लेखक दुनियाँ’ र ’श्रीलङ्का स्मृति’ कृति प्रकाशित छन् ।

पछिल्लो समय उनले प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानवजीवनलाई उज्यालो बनाउने उद्देश्यसहित सुरु गरिएको कखरा माध्यम प्रालि सञ्चालन गर्छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...