प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ : मुख्यमन्त्री राउत
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।
आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उनले चार वर्षको अनुभवलाई प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने ठोस योजनासहितको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए ।
मुख्यमन्त्री राउतले भने, “यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन, यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति तथा कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने छौँ, प्रदेशका जनताको चाहना र समयसापेक्षअनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउने छौँ ।”
ऐन, कानुन निर्माण, प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउन सबै दलका प्रदेशसभा सदस्यले सहयोग गरेकाले धन्यवाद ज्ञापन गर्दै उनले प्रदेश सरकारबाट प्रदेशसभामा प्रस्तुत हुने आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आवश्यक सुझाव, सल्लाहसहित पारित गर्न आग्रह गरे ।
प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मधेशी जनताको जीवनमा आमूल परिवर्तन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गर्दै सबै दलसँग सल्लाह गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।
उनले प्रदेश सरकारले यही जेठ २२ गते ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै एकलौटी ढङ्गबाट नीति तथा कार्यक्रम ल्याइए विरोध जनाउने बताए ।
मधेस प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि बढाउन आग्रह गर्दै उनले प्रदेश सरकारले विशेष संकल्प प्रस्ताव ल्याएर भए पनि विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिए ।
आजको बैठकमा उद्योग, वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य सत्यनारायण मण्डल, शिवचन्द्र चौधरी, दिलीप साहलगायतले जनतालाई राहत र नयाँ सकारात्मक सन्देश दिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।
जारी बैठकमा प्रदेशसभाका सदस्यहरूले आ-आफ्ना धारणा राखिरेका छन् । बैठकको शुभारम्भमै सभामुख सरोजकुमार यादवले नवौँ अधिवेशन आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाएका थिए ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी
-
३.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
४.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
५.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
६.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




