महिला भएकै कारण हिंसा कहिलेसम्म सहने ?
दीपा रेग्मी, काठमाडौं । पछिल्लो समय महिलाहरु आफूमाथि परेको हिंसाको विषयमा खुलेर बोल्न मात्रै थालेका छैनन् कानुनी उपचारको लागि अग्रसर हुुन थालेका छन् । केही समय पहिलेसम्म आफूमाथि हुने गरेका हिंसाका घटनालाई डर, धम्की, त्रासका कारण दबाएर बस्ने महिला अहिले भने खुलरै प्रतिकार गर्न थालेका छन् ।
तर, महिला भएकै कारण हिंसामा परेको घटनाहरु हामी माझ थुप्रै छन् । यसको अर्थ यो होइन की, पुरुष हिंसामा परेकै छैनन् । पुरुषहरु पनि हिंसामा पर्ने गरेका घटना धेरै छन् । तर पुरुषको तुलनामा महिला धेरै हिंसामा पर्ने गरेका छन् । भर्खरैको सन्दर्भलाई जोड्ने हो भने महिला भएकै कारण काठमाडौं महानगरको शपथ ग्रहणको कार्यक्रमका उपमेयर सुनिता डंगोलमाथि मेयर बालेन्द्र शाहसंग जोडेर विभिन्न सामाजिक ट्रोल बनाइए ।
मेयर शाहका तस्विरसँग जोडेर सामाजिक सञ्जालमा उनीमाथि अपमानजनक, अमानवीय व्यवहार गरेर हिंसा गरिँदैछ । त्यही स्थानमा यदि कुनै पुरुष पात्र हुन्थे भने यो परिस्थिति नै आउँदैनथ्यो । उनी महिला भएकै कारण हिंसामा पर्नु परेको छ ।
पत्रकार दीपा दाहालले आफ्नो फेसबुकमा लेख्छिन्– सुनिता डंगोलको कुर्सीका यति बेला कुनै पुरुष हुन्थ्थे भने कुनै बाल मतलव हुन्थेन् । तर त्यहाँ महिलाको उपस्थितिले कतिलाई छट्पटाहट भएको छ । त्यसैले त उनले दायाँ वायाँ हेर्नुलाई पनि मजाक गरेर ट्रोल बनाइएको छ । यो कुण्ठित र दरिद्र सोचको उदाहरण हो । यो महिलालाई हेरिन्छ, सुनिन्न् भन्ने भनाईको उदाहरण हो । यस्तो हिंसा सहन अरु महिला पनि बाध्य छन् । यस्तो कार्य बन्द होस् यसप्रति सम्बन्धित निकायको ध्यानकार्षण पनि होस् ।’
उनले भने जस्तै धरै महिलाहरु यस्तो किसिमको हिँसाबाट पीडित भएको अवस्था छ । त्यस्तै अर्को घटना नायिका मिरुना मगरले पनि यस्तै किसिमको हिंसाको शिकार हुनु परेको छ । तर यो कुरा त अहिले दुवै पक्षबीच माफी मागेर सहमति त भयो तर पनि उनि आफू हिंसामा परेको कुराको प्रतिकार गर्दा पुनः हिंसमा परिन । विभिन्न गलीगलौच, अनेकन आक्षेपको सामाना गर्नुपर्यो मिरुनाले ।
उनीमाथि पनि महिला भएकै कारण यो सबै भयो । महिला भएकै कारण उनले गलत नियत राख्नेहरुबाट बारम्बार हिंसा खेप्नुपर्यो । यही कुरा त्यहाँ भएका पुरुषहरुले सहन परेनन् । यदि उनलाई केही नभएको भए उनी आफ्नै चलचित्र हेर्न आएका दर्शकलाई यति ठूलो आरोप लगाउदिन थिइन् होला । यस्ता किसिमको हिंसामा प्रत्येक दिन महिला पर्ने गरेका छन् । भिडभाडमा त यस्तो भइहाल्छ नी भन्ने चलन पनि छ । कुनै महिलले अवाज उठाइहाल्यो भने उल्टो महिलालाई दोषी देखाएर आवाज दवाउने काम हुन्छ ।
हिजोमात्र एउटा घटना सार्वजनिक भयो । स्वयम अरुको लागि आवाज उठाउने पत्रकार कन्चन न्यौपानेको । उनलाई एक पुरुषले बारम्वार कल गरेर मानसिक यातना दिने गरेको रहेछ । उनलाई मात्र होइन, उनीसँग जोडिएका उनका परिवारलाई पनि यातना दिने काम भइरह्यो । यसले गर्दा उनी आफैं आफनाे काम छोडेर बस्न बाध्य भएको उनले आफ्नो लेखमा उल्लेख गरेकी छन् ।
नेपालीमा उखान छ ‘अति गर्नु अतिचार नगर्नु’ । किनभने अतिचार गरे ढिलो वा चाँडो विष्फोट हुन्छ नै । त्यसैले उनले पनि अति भएपछि आफूूमाथि भएको हिंसाको विरुद्ध आवाज उठाइन् । उनी ३ महिनादेखि यस्तो पीडामा परेकी रहिछन् तर, उनले आज आएर आफूमा भएको हिंसा सार्वजनिक गरिन । मान्छेहरु भन्ने गर्छन पहिले किन भनेनौ अहिले किन भनिस ? यो कुराले महिलाले आफूमाथि भएको हिंसाको विषयमा बोल्न सकेका छैनन् ।
अर्कोकुरा हाम्रो समाज पनि अचम्मको छ । महिलाले आफूमाथि भएको हिंसाको विषयमा बोल्दा पनि गाह्रो नबोले आफैलाई गाह्रो । जतिबेला आफूमाथि हिंसा भयो त्यतिबेला नै प्रतिक्रया गर्यो भने वा आवाज उठायो भने पनि किन त्यस्तो भनेको यस्तो होइन, यो त सामान्य हो भन्दै स्वयम महिलालाई नै दवाउने काम गरिन्छ । जब आफूलाई आँट गरेर केही समय लगाएर हिंसाको विषयमा बोल्दा किन त्यति नै बेला नभनेको भनेर प्रतिक्रिया दिइन्छ ।
जे-जस्तो भए पनि पछिल्लो पटक महिलाहरुले आफूमाथि भएको हिंसाका बारेमा बोल्दै र खुल्दै पनि आएका छन् । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । यसरी महिलाहरु हिंसाका विरुद्ध खुल्न थाले पछि अपराधि मानसिकता भएका मान्छेहरु केही मात्रमा भए पनि त्यस्तो अपराध गर्न डराउथे कि ? महिला भएकै कारण हिंसामा परेको धेरै उदाहरण हाम्रो समाजमा छन् । महिला जन्मनु पूर्वदेखि मृत्यु नहुन्जेलसम्म महिला भएकै कारण शारीरिक, मानसिक तथा यौनिक हिंसा, यतना दुव्र्यवहार र सामाजिक कुरीतिजन्य व्यवहार महिला हिंसा हो भन्ने कुरा बुझ्न आवश्यक छ ।
यस्ता हिंसाविरुद्ध महिला पुरुष वा लैंगिक तथा यौनिक अल्पसंख्यक जसले गरे पनि महिलामाथि हिंसा गरेकै मानिन्छ । हिंसाविरुद्धको आवाजलाई दवाउने काम कसैबाट हुनु हुँदैन । यदि हामी हिंसामा परेका छौं भने लुकाएर बस्नु हँदैन् । प्रतिक्रिया जनाउने बानीको विकास गर्न सक्यौँ भने माहिलामाथि हुने हिंसामा केहि कमि आउँछ । हामी बोलिदियौं भने हामीले गर्दा अन्य महिला हिंसामा पर्नबाट जोगिन्थे होला ।
हामीले यो बुझ्न जरुरी छ, कि कुनैपनि प्रकारको हिंसा समाजिक अपराध हो । यो पीडित व्यक्तिको मात्र सरोकारको विषय होइन, समाजिक मुुद्धा हो । त्यसैले कुनै प्रकारको हिंसाविरुद्ध समाजले आवाज उठानुपर्छ । हामी जो कोहिले पनि हिंसा सहेर बस्नु हुँदैन, खुलेर प्रतिकार गर्ने बानीको विकास गर्नु जरुरी छ । आफू पनि हिंसा नगरौ अरुलाई पनि हिंसा गर्नबाट रोकौं ।

ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




