पौडेलले जनप्रतिनिधिलाई भने- जनताको सेवक भएर काम गर्नु
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् ।
जनताको माग र आवश्यकताका आधारमा जनप्रतिनिधिले योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ नेता पौडेलले जनताको सेवक भएर काम गर्न आग्रह गरे । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता दिनुपर्ने विषयमा जानकारी गराउन उक्त कार्यशाला आयोजना गरिएको बताए।
कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले योजना तर्जुमा गर्ने आधारबारे जानकारी गराए । उनले स्थानीय तहको आवधिक योजनाले निर्दिष्ट गरेका विषय, दिगो विकास लक्ष्यमा तय गरिएका प्राथमिकता, नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवस्था भएका एकल अधिकारका क्षेत्र, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र स्थानीय तहका अधिकारका विषयमा प्रष्ट पारेका थिए ।
नगरपालिकाका वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले आव २०७८/७९ का योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेका थिए । डा शेषरमण न्यौपानेले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरु र स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललगायत १४ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




