प्रदेश

मधेस प्रदेशसभाको आज नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं ।  मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको छ ।बैठकमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कायक्रम रहेको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ ।

प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार नै स्वीकृत गरिसकेको छ ।प्रदेश सरकारले असार १ गते नै बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस प्रदेश सरकारले पनि सोही दिन आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...