सडक दुर्घटना न्यूनीकरणका लागि सबैले जिम्मेवारीवोध गरौँः सुनिता डंगोल
काठमाडौं। काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनिकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताउनुभएको छ। शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीलेज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो।
आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ जनाको ज्यान गएको र आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ जनाको ज्यान गएको बताउनुभयो। सडक दुर्घटना घटाउने प्रतिवद्धता जनाएपनि वर्षेनी दुर्घटना बढिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामी सबैको जिम्मेवारी हो। बालबालिकादेखि, ज्येष्ठ नागरिकसम्म सबै क्षेत्रका नागरिकले ट्राफिक नियमको पालना गर्नुपर्छ। आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको संख्या २ हजार ३ सय ६९ छ। आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ रहेको छ। हामीले दुर्घटना घटाउँछौँ भनिरहेका छौँ तर तथ्यांकले भने बढेको देखाइरहेको छ। सडक दुर्घटना घटाउन हामी सबै लाग्नुपर्छ। यसमा हामीले जिम्मेवारी लिनसके दुर्घटना न्यूनीकरण हुँदै जान्छ।’
उपप्रमुख डंगोलले टिप्पर ड्राभइरले लापरवाही गरेर सवारीसाधन चलाइरहेको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




