‘देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागु गर्ने निर्णय तुरुन्त खारेज गरियोस्’
काठमाडौं । सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यावहारिक निर्णयप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर आपत्ति जनाएको छ ।
विश्व हिन्दू परिषद् नेपालले मंगलबार विज्ञप्ति जारी गरी सो आपति जनाएको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषामाथिको ठाडो प्रहार हो । देवनागरीमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट लादन खोजिनु भनेको नेपाल र नेपालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण हो । नेपाल सरकार यातायात विभागको निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेका राजनीति नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै चिन्ताजनक एवं गम्भीर विषय हो ।’
नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ । विगत केही वर्ष अगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् इम्वोस्ड नम्बर प्लेटको कार्यान्वयनमा रोक समेत लगाएको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो ।
हिन्दू परिषद् नेपालले निजी स्वार्थसिद्धिका लागि राष्ट्र विरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथिनै कुठाराघात गरिरहेको तथ्य नेपाली जनतालाई कदापी सह्य हुने छैन तसर्थ जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरितको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा-देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्नका सरकार तथा सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको छ ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




