पूर्वमन्त्री दाहालको अन्त्येष्टि
काठमाडौँ। नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेलजीवन बिताउनु भएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । स्व. दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य बलबहादुर केसी, रामहरि खतिवडा तथा एमाले नेता ईश्वर पोखरेल वामपन्थी नेता लोककृष्ण भट्टराईलगायतले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो ।
त्यसैगरी गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतसहित नेपाली सञ्चार क्षेत्रका पत्रकारले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो । दाहालको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
बढ्यो सेयर बजार
काठमाडौं। सेयरबजार आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज -नेप्से)का अनुसार सूचक ०.४८ प्रतिशतले बढेको...
एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्नुभएको छ। मंगलबार...
पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो
काठमाडौँ। पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका...




