प्रदेश

गण्डकीले अगाडी सार्‍यो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारा

काठमाडौं । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताए ।

नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम गाउँ–गाउँसम्म खेलकुदको विस्तार गर्ने उल्लेख छ । प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेलमैदान तथा रङ्गशालाको आवश्यकतानुसार सार्वजनिक–निजी साझेदारी नमुना निर्माण तथा स्तरोन्नति गरिने उल्लेख छ ।

पोखरा रङ्गशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने गरी कार्यक्रम अघि बढाइने प्रदेश प्रमुख गुरुङले बताए । पोखरा रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गण्डकीलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न युवा तथा खेलाडीलाई स्वस्थ, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रममा जोड दिइएको छ ।

खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्नुका साथै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने सरकारको योजना छ ।

गण्डकीमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६, भिँडाबारीमा एन्फा प्राविधिक केन्द्र निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने प्रदेश सरकारले जनाएको छ ।

सम्बन्धित समाचार

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...