प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गरिने
काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
मंगलबार कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति उल्लेख गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम भनिएको छ, “प्रदेशभित्रका वर्गीकृत सञ्चारमाध्यमलाई प्रदेश लोक कल्याणकारी विज्ञापन समानुपातिकरूपमा वितरण गरिनेछ । श्रमजीवी पत्रकारको स्वास्थ्य सुरक्षा, उत्प्रेरणा र व्यावसायिक दक्षता विकास गर्न पत्रकार कल्याण कोष र स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”
बढ्दो साइबर अपराधका घटनालाई मध्यनजर गर्दै साइबर अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, चलचित्र छायाकंनको लागि छनोट भएको दैलेख र कालिकोटको संगमस्थल महाबु क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्न नेपाल चलचित्र विकास बोर्ड र निजी क्षेत्रसँग समन्वय गर्ने उक्त नीतिमा उल्लेख छ ।
‘समृद्ध कर्णालीको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ मान्यता आत्मसात गर्दै विद्युतीय शासन गुरुयोजनाको कार्यान्वयन गर्ने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउन, विद्युतीय लथ्यांकको भण्डारण र सुरक्षण गर्न तथा अन्य व्यवस्थापकीय कार्यमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिई विद्युतीय शासनको अवधारणालाई कार्यान्वयनमा ल्याउने कुरा नीतिमा समेटिएको छ ।
सञ्चारमाध्यमको संस्थागत क्षमता विकास तथा सञ्चारकर्मीको पेशागत क्षमता अभिवृद्धिका क्रियाकलापमार्फत आमसञ्चारमाध्यमलाई स्वच्छ, मर्यादित र व्यावसायिक बनाउने नीति लिएको प्रदेश सरकारले सञ्चारमाध्यमको दर्ता, इजाजत, नवीकरण, नियमन र अभिलेखीकरण कार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




