स्थानीय युवालाई तालिमपछि रोजगारको व्यवस्था गरिन्छ : ढकाल
काठमाडौं । वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रत्येक स्थानीय तहमा युवाहरुलाई तालिम र यसपछि रोजगारीको पनि व्यवस्था गरिने बताएका छन् ।
प्रदेश युवा परिषद् वाग्मती प्रदेशको पहिलो स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालिम दिनु अगाडि स्थानीय तहहरुमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने र उक्त स्वयंसेवकको रिपोर्टका आधारमा आवश्यक तालिम र कार्यक्रम तय हुने जानकारी दिए । युवाहरुलाई उत्पादन, रोजगारी र व्यवसायमा उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको जानकारी दिए । प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने समेत उनले भने ।
कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा वाग्मती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी लगायतले युवाहरुले आफ्ना हकअधिकार प्राप्तिका लागि मुखले मात्र नभईकन व्यवहारले काम गर्नुपर्नेमा जोड दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




