‘संघीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्छ’
काठमाडौं । राष्ट्रियसभाका सांसद जगप्रसाद तिमिल्सिनाले संघीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै संघीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा भ्रष्टाचार न्यूनीकरण हुने उनले तर्क गरे ।
सांसद भगवती न्यौपानेले नेपालको परराष्ट्र नीतिको सम्बन्धमा सरकारको प्रस्ट धारणा हुनुपर्ने माग गर्दै यसका बारेमा सबै राजनीतिक दलहरुको सल्लाह सुझाव लिएर सन्तुलित नीति अवलम्बल गर्नुपर्नेमा जोड दिइन् ।
सांसद कृष्णप्रसाद पौडेलले मुलुकको समग्र विकासको आधार मानिने शिक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले समृद्ध, समतामूलक, सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्ने शिक्षाको आवश्यकता औँल्याउँदै सीपमूलक, ज्ञानमूलक र उत्पादनशील शिक्षा हुनुपर्नेमा जोड दिए ।
उनले भने, “उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अत्यन्त कमजोर छ, देशको आवश्यकताका आधारमा शिक्षा प्रणाली हुनुपर्छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




