छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
काठमाडौं । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ ।
काठमाडौं महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जना उँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।
छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताए ।
उनले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गरे ।
“मेयर शाहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल-२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ’’, सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




