प्रदेश

ट्राफिक सप्ताहको दोस्रो दिन विविध कार्यक्रम गरी सम्पन्न

काठमाडौं। ट्राफिक सप्ताह अन्तर्गत आज दोस्रो दिन ट्राफिक सचेतना र आँखा जाँच शिविर सम्पन्न भएको छ।

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को  दोस्रो  दिन  नयाँ बसपार्कबाट छुट्ने चालक तथा सहचालकहरू लगायत यात्रुको आँखा जाँच शिविर कार्यक्रम गरिएको थियो। त्यसैगरी  काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा ट्राफिक जनचेतनामूलक प्लेकार्ड प्रदर्शन, पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने,यात्रु तथा पैदलयात्रुसँग २ मिनेट कार्यक्रम, चालक र परिचालकसँग २ मिनेट कार्यक्रम समेत सम्पन्न भएको नेपाल प्रहरीले जनाएको छ।

त्यसैगरी  दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन लक्षित कार्यक्रम गरी सम्पन्न भएको छ। ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ शनिबार पुस २६ गते बाट माघ ३ गतेसम्म  ट्राफिक सप्ताह चल्ने छ। 

पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन सवारी चालक र परिचालकलाई सचेतनामूलक कार्यक्रम लगायत विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरू संचालन हुनेछन्

सम्बन्धित समाचार

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...