देश संवेदनशील मोडमा छ ; राजेश हमाल
काठमाडौँ । महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको बताउनुभएको छ ।
बिर्तामोडमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीको जीवन सामान्य रुपमा अघि बढेको जस्तो देखिएपनि देश जटिल परिस्थितिमा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार निर्वाचित जनप्रतिनिधिले नभइ चुनावी सरकारले सञ्चालन गर्नु विडम्बना भएको जिकिर गर्नुभयो । उहाँले चुनौतिसँगै अवसर रहने तर चुनौतिको समाधान गर्ने कुरा आम नागरिककै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले राष्ट्र र नेपालीहरु जुन मोडमा छौं, यसो बाहिर हेर्दा जीवन सामान्य रुपमा अघि बढाउने प्रयास गरिरहे पनि असाध्यै संवेदनशील बिन्दुमा उभिएका छौँ । हालै आन्दोलनपछि हामीले चुनेको प्रतिनिधिले यो राष्ट्र चुनिरहनुभएको छैन । यो राष्ट्रलाई चुनावी सरकारले सञ्चालन गरिरहेको छ । त्यो बिडम्वना हो । राष्ट्र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको छ ।”
उहाँले नेपाली जनताभन्दा शक्तिशाली अरु कोही नरहेको बताउनुभयो। उहाँले विगतमा नेतृत्व गर्नेहरु पनि जनताबाट नै चुनिएर आएको भनाइ राख्नुभयो । भविष्यमा कस्तो व्यक्तिलाई देशको जिम्मेवारी दिने भन्ने कुरा पनि आम नागरिककै हातमा रहेको बताउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
५.
राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाए : स्वर्णिम वाग्ले
सम्बन्धित समाचार
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...
भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...
रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता
काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...




