नाडाको सहकार्यमा लुम्बिनीमा अटो मोवाइल्स व्यवसायीलाई प्रशिक्षण
बुटवल । नाडा अटो मोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटो मोवाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटो मोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ दिइएको छ ।
शुक्रबार बुटवलको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरुसहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नाडाका अध्यक्ष ध्रुव थापाले सम्बोधन गर्दै नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्यासंग जुध्न र उनिहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको बताए । उनले सबै क्षेत्रका व्यवसायीको व्यवसायिक कार्यक्षमता विकास आवस्यक रहेको बताए ।
त्यस्तै, भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।
त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुन थालेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।
राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटी एस व्यवसायीकै हकहितको लागि भएको बताउँदै सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृति पूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले कर छलीमा राजश्व अनुसन्धानले शून्य सहनसिलताको नीति अपनाउने धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि संचालन गर्ने बताए । उक्त कार्यक्रममा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल प्रमुख प्रशिक्षक रहेका थिए ।
कार्यक्रममा नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




