पूर्वमिस्टर नेपाल उपाध्याय अछाम २ बाट प्रतिनिधिसभाको चुनावमा उठ्ने
काठमाडौं । पूर्वमिस्टर नेपाल तथा टिभी होस्ट सन्तोष उपाध्यायले अछाम २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालबाट उनले आफूलाई सघाउन आग्रह समेत गर्नुभएको हो।
नेपाली कांग्रेस अछामले उहाँको नामलाई प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरेको छ । यदि त्यसो नभए, स्वतन्त्र उम्मेदवारको रुपमा भएपनि चुनाव लड्ने तयारी उहाँको छ ।
चाँडै अछामतिर लागेर चुनावको तयारी तीव्ररुपमा अघि बढाउने उहाँको योजना छ । जेनजी आन्दोलनपछि उनले नेविसंघबाट राजीनामा समेत दिनुभएको थियो।
अछाम जिल्ला घर भएका सन्तोष चिकित्सक हुुनुहुन्छ। त्रिवि शिक्षण अस्पतामा छात्रवृतिमा नाम निकालेका सन्तोषले पढाइसँगै करारको २ वर्ष अछामको कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवा दिनुभएको थियो।
उहाँ हावर्डबाट ‘लिडरसिफ इन मेडिसिन’ विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किनुभएको थियो। उहाँ सन् २०१९ का मिस्टर नेपालका विजेता हुनुहुन्छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
दीपक खड्कालाई ७ दिन थुन्न अनुमति
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...




