मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक सूचीमा नाम फिर्ता गर्ने अन्तिम मिति भोलि मात्र

काठमाडौं। आउँदो फागुन २१ गतेलाई तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीमा समावेश भएका उम्मेदवारले भोलि सोमबार नाम फिर्ता लिन सक्नेछन् ।

बन्दसूचीमा समावेश भएका कुनै पनि उम्मेदवारले नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिन सक्ने बताएको छ ।

‘कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत् समेत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, आयोगले भनेको छ।

सम्बन्धित समाचार

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...