निबन्ध लेखन प्रतियोगिताको उपाधि कृति पोखरेललाई
काठमाडौं । मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताको उपाधि कृति पोखरेलले जितेकी छन् । घटराज मेमोरियल स्कुलमा कक्षा ९ मा अध्ययनरत उनी प्रथम हुँदै नगद १० हजार रुपैयाँ मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएकी छन् ।
उपत्यकाव्यापी उक्त प्रतियोगितामा कान्तिपुर इंलिस स्कुलका क्रनिल मानन्धर द्वितीय भएका छन् । प्रतियोगितामा सन्ध्या भित्रकोटी तृतीय भएकी छन् भने रिजु पण्डित र सवरिका तामाङ सान्त्वना भएका छन् । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र २/२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कलेजले चैत १९ गते प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २३ वटा विद्यालयका ५९ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कलेजले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।
‘आवश्यकता नै आविस्कारको जननी हो’ र ‘भर्चुअल कक्षा र यसको सिकाइमा प्रभावकारिता’ शीर्षकमा प्रतियोगिता भएको हो । ‘विद्यार्थीमा अन्तर्निहित क्षमताकोे प्रस्फुटन गराउने र औपचारिक शिक्षा बाहेक बाह्य ज्ञानसमेत बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेका हौं,’ प्रिन्सिपल श्रेष्ठले भने ।

ताजा अपडेट
-
१.
सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ
-
२.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
३.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...




