प्रमुख खवर

चिनियाँ नाका खुलाउन व्यवसायीको माग

काठमाडौं । नेपाली व्यापारीले चिनियाँ नाका खुलाउन माग गरेका छन्। उत्तरी छिमेकी चीनसँगका व्यापारिक नाका लामो समयदेखि बन्द छन्। १ हजार ४१४ किलोमिटर लामो सीमा साझा गरेको छिमेकीसँगका नाका खुलाउन नसकेको भन्दै व्यापारीले उक्त नाका खुलाउन माग गरेका हुन्।

चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच जम्मा ६ वटा व्यापारिक नाका भए पनि पनि दुईवटा नाकाबाट मात्रै विशेष कारोबार हुने गरेको थियो। रसुवागढी, तातोपानी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाङथान्का र ताप्लेजुङको ओलाङचुङगोला ६ वटा व्यापारिक नाका रहेका छन्।

तीमध्ये रसुवा र तातोपानी नाकाबाट विशेष कारोबार हुने गरेको थियो। २०७७ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि चीनसँगका नाका व्यवस्थित हुने विश्वास गरिएको थियो। रसुवा तथा तातोपानी नाका बन्द हुँदा नेपाली व्यवसायीले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको छ। दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेको छ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग वार्ता गरेर तत्काल नाका सुचारु गर्नुपर्ने बताएका छन्। शनिवार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताए।

उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राखे। वाणिज्य महासंघको नेपाल–चीन फोरमले पनि नाकाका समस्या समाधानको लागि पहल गर्ने उपाध्यक्ष श्रेष्ठले बताए।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...