मुख्य समाचार

आचारसंहितालाई कडाइका साथ पालना हुन्छ, नभए कारबाही पनि हुन्छ : निर्वाचन आयोग

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताउनुभएको छ।

मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका लागि आजदेखि सुरु भएको निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आचारसंहितालाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिनुभएको हो।

राजनीतिक दलका उम्मेद्वारले अरुले निर्वाचन आचारसंहिता उल्लंघन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताउनुभएको छ।

आयोगका आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कडा रुपमा आचारसंहिता पालना गराउने उनले सुनाए। २०७९ सालभन्दा पहिले जस्तो आचारसंहिता उल्लंघनलाई छुट दिने खालको नभएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए। निर्वाचन आयोगका काँधमा निर्विकल्प रुपमा निर्वाचन गर्नुपर्ने दायित्व आएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको पनि सामूहिक दायित्व भएको पनि उहाँले सुनाउनुभयो।

निर्वाचन बिथोल्ने व्यक्तिलाई छुट दिन नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ।

‘निर्वाचन पर्यवेक्षकले अनेक गतिविधि गर्लान्, त्यसको अनदेखा गर्ने छुट पनि हामीलाई छैन, विगतमा पर्यवेक्षण गर्नेले उम्मेद्वारका पक्षमा गतिविधि गर्न थालेपछि कारबाही गरेर पर्यवेक्षण अनुमति खारेज गरी देश निकाला गरिएको थियो, यसैले पर्यवेक्षकको पनि अनुगमन गर्नुहोला, निर्वाचन कानुन र आचारसंहिता विपरीतका काम गरे कारबाही गर्नुहोला, त्यसको जानकारी आयोगमा पनि पठाउनुहोला’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो।

कानुनको व्याख्या गलत ढङ्गले गर्ने, निर्वाचनको प्रक्रिया गलत गर्ने र कानुन उल्लंघन गर्नेलाई छुट दिनु नहुने उनले बताए। न्यायकर्मीले यसमा न्याय गर्नुहुन्छ भनेर नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी गराउनुभयो। परेका उजुरीलाई मुख्य निर्वाचन अधिकृतले समयमै किनारा लगाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...