प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलद्वारा अर्थमन्त्रीको विरोध
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति विरोध जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा एमालेका उपाध्यक्षसमेत रहनुभएका सांसद सुरेन्द्र पाण्डेले समय माग गर्दै अर्थमन्त्री शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने समाचार सार्वजनिक भएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।
बैठक प्रारम्भ हुने बित्तिकै उहाँले बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेहरुसँग साँठगाँठ गरी करका दरहरुमा तलमाथि पारिएको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
“यति गम्भीर कुरा आएपछि पनि अर्थमन्त्रीले संसद्मा आएर आफ्ना कुरा प्रस्ट पार्नुभएन,” पूर्वअर्थमन्त्री पाण्डेले भने, “करका दरबारे तलमाथि भएको भन्ने कुरा धेरै प्रतिपक्ष र सत्तापक्षका सांसदले उठाइसक्नुभएको छ, यति प्रश्न उठिसकेपछि अर्थमन्त्री पदमा बसिरहन मिल्छ ?”
उनले बजेट प्रस्तुत गर्न आगाडि करका दलहरुमा छलफल गर्ने बेलामा मन्त्रीबाहेक सचिव र अन्य कर्मचारीले समेत टेलिफोनमासम्म सम्पर्क गर्न नमिल्ने उल्लेख गर्दै भने, “बजेटमा करको दर छलफल गर्ने समयमा मन्त्री तथा सचिव समेत दराजमा फोन राखेर छलफलमा आउनुपर्ने हुन्छ, तर अर्थमन्त्रीले राति टेलिफोन गरेर छलफल गरी करको दरमा तलमाथि गर्न निर्देशन दिएको भन्ने कुरा आएको छ, त्यो कुरा गम्भीर छ ।”
उनले यस बारेमा आ-आफ्नो पाार्टीले छानबिन गर्न माग गरेको समेत संसद्मा जानकारी गराए ।आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले जवाफ दिने कार्यसूची रहेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




