मुख्य समाचार

पार्टी फुटे पनि केन्द्रीय कार्यालय कब्जा गर्न दिन्नौँ : तरुण दल

काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी फुटे पनि सानेपास्थित पार्टी कार्यालय कब्जा गर्न नदिने चेतावनी दिएको छ।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका वेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरूले यस्तो चेतावनी दिनुभएको हो।

मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर उहाँहरूले यस्तो दबाव दिएका उहाँहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह गर्नुभएको छ। महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उहाँलाई पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताउनुभयो।

उहाँले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भइरहेको समेत बताउनुभयो।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...