निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्मा हो : डा. तुलाधर
नेपालगन्ज। निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्म भएको बताउनुभएको छ ।
नेपालगन्जमा आयोजित दुईदिने ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम मङ्गलबार सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरेर तीन वटा प्रदेशका जिल्ला निर्वाचन अधिकृतहरूका लागि नेपालगन्जमा आयोजना गरिएको सो कार्यक्रमको समापन निर्वाचन आयोगका आयुक्त तुलाधरले सम्बोधन गर्नु भएको हो । उहाँले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचन भएको प्रष्ट पार्नु भयो ।
समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ, रूपन्देहीका निर्वाचन अधिकृत अशोककुमार बस्नेत र कन्चनपुरका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले यो प्रशिक्षणले निर्वाचन सम्बन्धी धेरै व्यवहारिक ज्ञान प्रदान गरेको बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन भएको सो अभिमुखीकरणमा तीन वटा प्रदेशका ६६ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव पारासर ढुङ्गाना, सहसचिव सुभासकुमार भट्टराई तथा श्रोत व्यक्ति वीरेन्द्रकुमार मिश्र र कोमलप्रसाद धमलाले प्रशिक्षण दिनु भएको निर्वाचन आयोगका शाखा अधिकृत तुलसीराम भगतले बताउनु भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
दीपक खड्कालाई ७ दिन थुन्न अनुमति
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...




