निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न ठूलो दबाब आयो : निर्वाचन आयोग
काठमाडौं। निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्नका लागि निकै ठूलो दबाब आएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभएको छ।
मंगलबार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारी लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो गुनासो गर्नुभएको छ। ‘निर्वाचन घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन गर्नुपर्छ भनेर हामी निकै ठूलो पेलानमा पर्यौं,’ भण्डारीले भन्नुभएको छ।
निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने उहाँको भनाइ थियो। ‘निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तराष्ट्रिय निर्वाचन कानुनको मान्यता हो,’ उहाँले भन्नुभयो, ‘निर्वाचनको प्रक्रियामा अन्तराष्ट्रिय पर्यवेक्षकहरूले मान्यता दिएनन् वा दबाब र प्रभावमा भएको निर्वाचन भन्दियो भने हाम्रो निर्वाचनको निष्ठा र हामीले गराएको निर्वाचनको प्रतिफलमा अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उब्जिन्छ।’
अब निर्वाचनको माहोल बनिसकेको बताउँदै स्वच्छ र निष्पक्ष निर्वाचन गर्नुपर्नेमा उनले जोड दिनुभयो। यसमा निडर भएर काम गर्न उनले आग्रह गरे। ‘कुनै पनि एक दलले अर्को दललाई निषेधको भावनाले हेर्यो भने यहाँहरूले तत क्षण नै नियन्त्रण गर्नुहुनेछ भन्ने विश्वास छ,’ भण्डारीले भन्नुभयो।
अहिले निर्वाचनमा आन्तरिक स्रोतबाटै काम भइरहेको बताउनुभयो। ‘सरकारको सोधसाधन र शक्ति हामीसँग छ। अहिले विदेशी कुनै पनि सहायता सहयोग हामीलाई छैन। अहिले मुलुकभित्रकै जे जस्तो हाम्रो स्रोत शक्ति छ त्यसैको परिधिभित्र रहेर हामी निर्वाचन गराउँदै छौं,’ भण्डारले भन्नुभयो।
उहाँले मिस इन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच एकदम टड्कारो र जलन्त समस्या रहेको बताउनुभयो। यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
दीपक खड्कालाई ७ दिन थुन्न अनुमति
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...




