प्रमुख खवर

बेलायतमा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघ्यो

काठमाडौं । पछिल्लो आधिकारिक तथ्यांक अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघेको छ।

युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ । स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा मंगलबारसम्म पुष्टि भएका संक्रमित संख्या ५२४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ ।

नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा संक्रमण बढ्दो पाइएको छ । समलिङ्गी, उभयलिङ्गी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो संक्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका संक्रामक रोग रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्ष्यित गरी सङ्क्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।

‘यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबैजना सतर्क रहनु पर्छ किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् । सङ्क्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ, हेम्यानले भने। एएनआई/सिन्ह्वा

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...