बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा
काठमाडौं । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ ।
प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।
प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने भएको हो । यस्तै प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ ।
किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य प्रवद्र्धन तथा परामर्श सेवा प्रदान गर्न एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पुर्याउन रु २८ करोड विनियोजन गरिएको छ ।
यस्तै प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न संघीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा लागु गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ ।
प्रदेश सरकारले महिलामा हुने पाठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुलालगायतका समस्याको समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ ।
यस्तै कोभिड-१९ महामारी तथा सङ्क्रामक रोगविरुद्ध लड्न कम्तिमा ५० शय्याको सुविधा सम्पन्न प्रदेशस्तरिय सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजनग गरिएको छ ।
प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, रगत, ग्लुकोज, दिसा, पिसाब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्यान्सरलगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा जनता पोषण कार्यक्रम सञ्चालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तिमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




