मुख्य समाचार

विशेष महाधिवेशनको तालिका संशोधन : उम्मेद्वारको नामावली ६ बजे प्रकाशन, ८ बजे मतदान

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएसँगै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयनपत्र दर्ता प्रक्रिया पूरा भएकाले थप प्रक्रिया अगाडि बढाउन थप निर्वाचन कार्यतालिका संशोधनसहित प्रकाशित भएको हो।

संशोधित कार्यतालिका अनुसार नामावली प्रकाशन ४ बजे, दाबी विरोध ४ बजेदेखि ४ः३० सम्म, छानबिन ४ः३० देखि ५ बजेसम्म, पुन नामावली प्रकाशन ५ बजेर ५ मिनेटमा हुनेछ भने उम्मेदवारको मनोनयन फिर्ताका लागि ५ः५ देखि ५ः३० सम्मको समय दिइएको छ। अन्तिम उम्मेदवारको नामावली प्रकाशन ६ बजे हुनेछ भने मतदान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा जारी विशेष महाधिवेशन रोक्न छलफल जारी राखेको संस्थापन पक्षले लामो मिहिनेतपछि केन्द्रीय समिति बैठक राखेको हो । बैठकमा विशेष महाधिवेशनमा सहभागी सदस्य भने उपस्थित भएका छैनन् ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...