काठमाडौं महानगरले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने बताएका छन् ।

उनले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख गरे ।

त्यस्तै साहले  हरेक आइतबार काठमाडौंवासीसँग प्रत्यक्ष संवाद गर्ने घोषणा गरेका छन् ।बालेन्द्रले ‘जनतासँग मेयर’ नाममा हरेक आइतबार जनतासँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिए । यो कुन विधिबाट हुन्छ भन्ने चाहिँ उनले प्रष्ट्याएका छैनन् ।

 

You might also like
Comments
Loading...