प्रदेश

प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई पक्राउ

सिरहा। जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल चोकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा ट्याङ्कीको कभरभित्र लुकाइएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त पदार्थ प्लास्टिकसहित ४० दशमलव ५५ ग्राम र प्लास्टिक बाहेक ३८ ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ बस्ने २५ वर्षीय अभिषेक साह र सिन्धुलीको दूधौली नगरपालिका–९ का ३२ वर्षीय एलेक्स आले रहेका छन्।

पक्राउ परेका दुवैजना माथि इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...